नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन – Nepal Press

नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

रूपन्देही । नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा सुरु भएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जीवनसँग जोडिएको विषय औषधि भएको हुँदा यो महत्वपूर्ण विषयका रुपमा लिएर नियमनलाई प्राथमिकता दिइने गरेको बताए ।

केवल रेगुलेसन गरेर गुणस्तर नबढ्ने तर्क गर्दै यो एउटा प्रक्रियाको रुपमा रहेको बताए । असल अभ्यासको कमी उत्पादन कम्पनी, बिक्रीवितरण गर्नेसम्म रहेको भन्दै अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नुगलत भएको उनले बताए ।

नेपालको औषधी संरचनामा निजी क्षेत्रको योगदान छ । ब्यवसायमा रहेका बिकृतिलाई ब्यवसायीहरु सुधारको आवश्यकता महशुस गर्नु सकारात्मक भएको उनले बताए । जिपिपि, जिएसपिपिको तालिम गर्ने गम्भीर विषय भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले देशको आवश्यकता र मागअनुसार नीति निर्माण गर्न जरुरी रहेको बताए । सरकार बिमाको रकम रोक्ने काम गर्दा यसको प्रत्येक रुपमा आम नागरिकमा पर्न हुँदा यसविषयमा गम्भीर हुनुपर्ने उनले बताए । जिल्ला शाखाहरुको कार्यसम्पादनका आधारमा उत्कृष्टता घोषणा जस्ता कामलाई अन्य जिल्लाबाट अनुसरण गर्नुपर्ने सुझाव दिए ।

नेपाल परिसर संघका पूर्व केन्द्रीय अध्यक्ष तथा औषधी उत्पादक हरिभक्त शर्माले युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न जरुरी रहेको बताए । सम्मानित नागरिक बन्नका लागि कम रेगुलसन जरुरी रहने भन्दै उनले सरकार अघि बढ्न जरुरी रहेको उनले बताए ।

बजारमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण वर्तमान कठिन अवस्था आएको भन्दै उनले राष्ट्रिय स्वाभिमान नभएको र नागरिकलाई रोजगार दिन नसक्ने देशका रुपमा पहिचान बनाउदै गएको दुखेसो गरे ।

कार्यक्रममा नेपाल परिसर संघका प्रदेश अध्यक्ष एजाज आलमले धेरै क्षेत्रमा विकृति रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा रुपन्देही शाखाका निवर्तमान अध्यक्ष सुरज भट्टराईले भौगोलिक बनावटका हिसाबबाट पनि कठिन लुम्बिनी प्रदेशमा संघबाट भएको कार्य उत्कृष्ट रहेको बताए । संघबाट अघि बढाएको ब्यवसायिक सहायक तालिमसंगै एलोपेथिक र आयुर्वेदिक एकै स्थानबाट बिक्री रोक्नु मुख्य आवश्यकता रहेको बताए । ब्यवसायिक एकतालाई सधै जोड दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

केन्द्रीय पूर्वअध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवसायीहरुको आवश्यकताअनुसार सरकारको उत्पादनको नीति लिनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष शिव ज्ञवालीले वर्षभरि ब्यवसायिक हितमा र सामाजिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल च्याम्बर अफ कर्मश लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, संघका विशेष सल्लाहकार डा।रोहितराज क्षेत्री, संघका सल्लाहकार शेर बहादुर थापा, पूर्वअध्यक्ष निर्मलध्वज श्रेष्ठ, संघका महासचिव लुकराज न्यौपानेले ब्यवसायीहरुलाई एकतावद्ध गर्दै ब्यवसायिक हितमा संघको महत्वपूर्ण योगदान दिएको बताए ।

यसैगरी कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमशः गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर