इजरायलले ७०० प्यालेस्टाइनी बन्दी छोड्दा हमासले ४० बन्धक छोड्ने
काठमाडौं । प्यालेस्टाइनी हतियारधारी समूह हमास र इजराइल एकअर्काका बन्दी छोड्ने नयाँ सहमति नजिक पुगेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार इजरायलले ७०० प्यालेस्टाइनी बन्दीहरु छोड्दा हमासले ४० बन्दी छोड्ने सहमति भएको छ ।
यो समाचार इजरायली मिडियाले आइतबार सार्वजनिक गरेका छन् । यदि यो सम्भव भएमा अमेरिकाले समन्वय गरेको हमास इजरायल युद्ध विराममा यो एक राम्रो नजिता हुने बताइएको छ ।
शनिबार इजरायली प्रतिनिधिहरुले अमेरिकी गुप्तचर निकाय सिआईका निर्देर्शक विलियम बन्र्सलाई भेटपछि यस्तो सहमति भएको बताइएको छ । सन २०२३ अक्टोबरमा हमासले इजरायल छिरेर आक्रमण गरेपछि इजरायले युद्धको घोषणा गरेको थियो । हमासबाट झन्डै १५ सय मारिँदा इजरायलबाट भने ३२ हजार बढि मारिएको विश्व समाचार आउटलेटहरुमा तथ्यांक आइरहेका छन् ।