दुर्गा प्रसाईंको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालत
नेपाल प्रेस
२०८० चैत १२ गते १५:३७
काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै छ ।
कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले तीन दिन बहस सुनेपछि चैत १२ गते फैसला सुनाउने आदेश गरेको थियो ।
प्रसाईको बीएन्डसी मेडिकल कलेजले आयोगविरुद्ध दुईवटा र शशीविक्रम कार्कीले बीएन्डसी कलेजविरुद्ध दायर गरेको एउटा रिटलाई लगाउमा राखेर सर्वोच्चले सुनुवाई गरेको थियो ।
प्रतिक्रिया