फिक्सिङकाे अभियाेग लागेका क्रिकेटर आदिल अन्सारीलाई सफाइ – Nepal Press

फिक्सिङकाे अभियाेग लागेका क्रिकेटर आदिल अन्सारीलाई सफाइ

काठमाडौं । क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् ।

अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको हो । न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको छ । सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् । उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो ।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्व क्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । त्यसको तीन महिनापछि जनही ३ लाख धरौटीमा छुटेका थिए । ९ पुसदेखि २७ सम्म भएको कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा उनीहरूले स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

फिक्सरसँग रकम लिएर नो बल फ्याकेको आरोप आदिलमाथि लागेको हो । क्रिकेटको भाषामा यसलाई स्पट फिक्सिङ भनिन्छ । उनीहरुमाथि खेलमा मिलेमतो तथा अनियमितताको मुद्दा दायर भएको थियो । त्यसअघि आदिल राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।

फैसलापछि आदिलले अदालतप्रति आभार व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर