होलीबारे जनकपुरधामबासी विभाजित, मधेश प्रदेशमा सार्वजनिक विदा – Nepal Press

होलीबारे जनकपुरधामबासी विभाजित, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । मिथिला माध्यमिक परिक्रममाको धार्मिक मान्यता अनुसार जनकपुरधाममा आज होली पर्व परेको छ । तर नगरबासी भने होलीलाई लिएर विभाजित बनेका छन् ।

१५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला माध्यमिक परिक्रममाको अन्तिमदिन जनकपुरधामको अन्तगरगृह परिक्रमा गरेको विहानपल्ट होली मनाउने चलन छ । सोमबार अन्तरगृह परिक्रमा सम्पन्न भयो । सो अनुसार जनकपुरधामबासीले आजै होली मनाउनुपर्ने हो ।

जनकपुरधामका केहीले आज होली मनाइँदैछन् पनि । केहीले भने आज मंगलवार माछा–मासु र मदिरा खान नमिल्ने भन्दै बुधवार होली मनाउने बताउँछन् । जनपुरधाम सांस्कृतिक शहर हो, तर खानपानकै लागि होली पर्वलाई सार्न खोजिएपछि साधुसन्तहरु चिन्ता व्यक्त गरेका छन् ।

जानकी मन्दिरका छोटा महन्थ रामरोषण दासले भिडिओ सन्देश नै जारी गर्दै आज होली मनाउन नगरबासीसँग आग्रह गरेका थिए । उनको आग्रहलाई भने नगरबासी मान्न तयार देखिएका छैनन् ।

जनकपुरधाम बाहेक तराईरमधेशका जिल्लाहरुमा सोमबार नै होली मनाइयो । तर मधेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश राजपत्रमा आज होली अवसरमा सार्वजनिक विदा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर