ढोलाहिटी ‘ग्याङफाइट’मा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी – Nepal Press

ढोलाहिटी ‘ग्याङफाइट’मा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी

काठमाडौं। ललितपुरको ढोलाहिटीमा २ जनाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा ५ जनालाई कर्तव्य ज्यानमा अनुसन्धान गर्ने तयारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ परेकामध्ये ५ जनालाई कर्तव्य ज्यानमा म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको बताए।

‘अन्यको हकमा थप अनुसन्धानबाट मात्र के गर्ने भन्ने खुल्ने छ’, एसएसपी खनालले भने।

आइतबार साँझ भएको घटनामा दुई फरक समूहका पूजन राई र रोबस राईको छुरा प्रहारबाट मृत्यु भएको थियो। सोमबार बिहानसम्म प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटना भएको डी पोपिना खाजा घरका सञ्चालक विजय राईले छुरा प्रहार गरेको जनाएको छ। उनी लागु औषध मुद्दामा दुई वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए। प्रहरीका अनुसार दुई समूहबीच गत तिहारदेखि विवाद रहेको पाइएको छ।

३१ वर्षको विजय राई, ३० सुलभ राई , ३८ विशाल हाङ मुकारुङ राई र २५ वर्षीय छेङविहाङ राईविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

५ जनाविरुद्ध किटानी जाहेरी परेकामा एक जना फरार छन्। अन्य ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *