मालिका गाउँपालिका वडा नं ८ मा भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था – Nepal Press

मालिका गाउँपालिका वडा नं ८ मा भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था

रुपन्देही । गुल्मीको मालिका गाउँपालिकाको वडा नं ८ ले र्भैसीलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ ।

मालिका गाउँपालिका वडा नं ८ को कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो । सूचनामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने उल्लेख छ ।

१ साउन २०८० यता भ्याएका भैंसी पालक कृषकले निवेदन दिनसक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ ।

कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ । पशुपालक किसानलाई उत्साहका लागि यस्तो योजना ल्याइएको बताउँदै वडाध्यक्ष सूर्यबहादुर घर्ती क्षर्तिले सूचना प्रकाशित भएको ७ दिानभित्र किसानलाई सम्पर्कका लागि अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर