जनकपुरधाममा आज मनाइयो होली
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज होली मनाइएको छ । होलीका कारण बजारका अधिकांश पसलहरू बन्द छ । तराईका अन्य ठाउँमा भने सोमवार न होली मनाइएको हो ।
होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने-खुवाउने र एक अर्कालाई रङ लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ । हिमाली र पहाडी जिल्लाहरुमा आइतबार तथा तराईका अन्य जिल्लामा सोमबार होली मनाइसकिएको छ ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलबार साधु सन्तहरुले मनाए पनि अन्य ८० प्रतिशत नागरिकले भने आज होली मनाएको स्थानीय किशन साहले बताए ।
होलीको अवसरमा महावीर युवा कमिटीले मटकाफोर कार्यक्रम राखेको छ । जहाँ सर्वसाधारणको भिड छ ।