घेरा तोड्ने लडाइँ जारी राख्दै रणनीतिक रूपमा नयाँ समीकरण बनाएको हुँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

घेरा तोड्ने लडाइँ जारी राख्दै रणनीतिक रूपमा नयाँ समीकरण बनाएको हुँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरण रणनीतिक भएको बताएका छन् ।

२४औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले आफू जनयुद्धको समयमा भन्दा धेरै खटिरहेको बताए ।

उनले भने, ‘समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरणको कोसिस गरेका छौं । अहिले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक र दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी छ, जोखिम छ, चुनौति छ । तर, यसले मात्रै देश र वामपन्थी र कम्युनिष्टलाई एकताबद्ध गर्दै समाजवादको बाटो कोर्नसक्ने विश्वासको साथ अघि बढेको छु । म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउने र सिंगो वामपन्थीहरुलाई मिलाउने गरी आफू अघि बढेको बताए ।


प्रतिक्रिया

One thought on “घेरा तोड्ने लडाइँ जारी राख्दै रणनीतिक रूपमा नयाँ समीकरण बनाएको हुँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. खै एमालेले एकटा तत्काल सम्भव छैन भन्दै भन्न थालेको छ किन कि बिगतको एकटा बाट धोका खाएकोले पुनः एकटामा जोडिन असंभव हुन पनि ब्यक्तिगत स्वार्थका कारण नेपालमा बाम एउटा हुन नसकेको जस्तो लाग्छ देश र जनताको भन्दा पनि कसरी आफनो हित हुन्छ उतै लाग्ने नेताहरु को गलत स्वभावका कारणले आज वामपन्थीहरु एकटाबधद हुन सकेको जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर