समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न ५ जना सर्टलिस्टमा – Nepal Press

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न ५ जना सर्टलिस्टमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड व्यवस्थापन समूहको संयोजकको लागि ५ जनाको सर्टलिस्ट गरेको छ ।

सर्टलिस्टमा प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशनकुमार अधिकारी र गोबिन्द प्रसाद शर्माको रहेका छन् । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड व्यवस्थापन समूहमा परेका आवेदन मध्ये ५ जनाको नाम सर्टलिस्टमा परेको हो ।

सर्टलिस्मा परेकाहरुलाई राष्ट्र बैंकले चैत्र २१, २२ र २३ आफ्नो कार्ययोजना प्रस्तुतीकरणको लागि बोलाएको छ । राष्ट्र बैंकले कार्ययोजना प्रस्तुतीकरण हेरेर ५ जनाबाट १ जना छान्ने छ ।

समस्याग्रस्त समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स संयोजकको कार्य अवधि १ वर्षको रहने छ । राष्ट्र बैंकले फागुन १४ गते पहिलो पटक र चैत्र ७ गते दोस्रो पटक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको लागि दरखास्त आह्वान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *