बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी – Nepal Press

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

रुपन्देही । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सीटी स्क्यान रुमबाट धुँवा निस्किएको देखिएको नियन्त्रणका लागि दमकल बोलाइएको प्रारम्भिक जानकारी आएको बताए । प्रत्यक्षदर्शी खगेन्द्र खनालका अनुसार, नियन्त्रणको प्रयास भैरहेपनि आगो दन्किरहेको देखिन्छ ।

अहिलेसम्म आगलागी नियन्त्रणमा नआएकोले क्षतिबारेको अवस्था पत्ता लाग्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर