आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्ने मौका – Nepal Press

आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक र पुरस्कार जित्ने मौका

काठमाडौं । नेपालको डिजिटल वालेट आइएमई पेले जेट सेट रिवार्ड नामक अफर ल्याएको छ । कम्पनीले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेटरिवार्ड नामक अफर ल्याएको हो ।

अफर अन्तर्गतआइएमईपे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका रहेको । अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पेको सामाजिक सन्जालमा सार्वजनिक गरिने छ ।

कम्पनीका अनुसार पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउने जनाइएको छ ।

गत चैत ६ देखि सुरु भएको यो अफर जेष्ठ मसान्तसम्म तिनमहिनाको लागि चल्ने जनाइएको छ । यसको साथै आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर