बढ्यो पेट्रोलको भाउ, अरू यथावत्
नेपाल प्रेस
२०८० चैत १८ गते २०:३४
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलकाे मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि निगमले मूल्य बढाएको हो ।
जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।
वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।
प्रतिक्रिया