एनआईसी एसिया बैंकको डिजिटल कारोबार ९५ प्रतिशत पुग्यो – Nepal Press

एनआईसी एसिया बैंकको डिजिटल कारोबार ९५ प्रतिशत पुग्यो

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्‍याएको छ । बैंकले डिजिटल कारोबारका हरेक प्लेटफर्ममा इनोभेटिभ प्रोडक्टहरु ल्याउँदै आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्‍याएको दाबी गरेको हो ।

मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवामा विभिन्न सुविधाहरू उपलब्ध गराउँदै बैंकले ‘डिजिटल फस्ट बैंक’ नीतिमा अगाडि बढिरहेको बैंकले जनाएको छ । बैंकले ‘फिजिकल फस्ट’लाई विस्थापित गर्दै ‘डिजिटल फस्ट’अवधारणालाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

एनआईसी एसिया बैंकले उपलब्ध गराएका डिजिटल बैंकिङ्ग सेवाहरुः

बढी प्रयोग भइरहेको मोबाइल बैंकिङ्ग

एनआईसी एसिया बैंकले मोबाइल एप (मो बैंक) नेपालको बैंकिङ्ग क्षेत्रमा धेरै पटक डाउनलोड भएको एपमा पर्छ । सबैभन्दा धेरै मोबाइल बैंकिङ्ग ग्राहककर्ता पनि यसै बैंकका रहेको बैंकको भनाई छ ।

४१ लाख बढी ग्राहकहरूमध्ये मोबाइल बैंकिङ्ग एप (मो बैंक) ३६ लाख पटक डाउनलोड भएको छ । जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजारभन्दा धेरै र आईओएस मोबाइलमा ३ लाख ३६ हजारभन्दा धेरै पटक डाउनलोड भएको छ ।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता तर्फ २५ लाख ४१ हजार ८ सयले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरिरहेका छन् । बैंकको मोबाइल एपमा युटिलिटी बिल भुक्तानीदेखि व्यवसायिक क्षेत्रमा प्रयोग हुने सेवाहरू उपलब्ध रहेका छन् ।

विद्युत शुल्क, खानेपानी शुल्क, इन्टरनेट शुल्क, टिभी शुल्क, एयरलाइन्स टिकट, इन्स्योरेन्स प्रिमियम, शेयर बजार, ईएमआई तिर्न, केवल कार टिकट, बस टिकट, पार्कको टिकट, फिल्म टिकट, स्कुल/कलेजको शुल्क लगायत भुक्तानीहरू एपमार्फत गर्न सकिन्छ ।

त्यस्तै, एपबाट पैसा पठाउन, मोबाइल वालेटमा पैसा लोड गर्नेदेखि आफ्नो खाताको बारेमा थाहा पाउन, आफै मुद्धति निक्षेपमा रकम राख्न पनि सकिन्छ ।

इन्टरनेट बैंकिङ्ग

बैंकले आफ्नो वेबसाइट मार्फत इन्टरनेट बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । जहाँबाट मर्चेन्टहरुले व्यवसायिक काम गर्नेदेखि हरेक ग्राहकले बैंकिङ्ग सेवा सम्बन्धी काम गर्न सक्छन् ।

इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइटमा आइ टच भन्ने अप्सन राखिएको छ । यसभित्र व्यक्तिगत र कर्पोट इन्टरनेट बैंकिङ दुई फरक फरक सेवाहरू उपलब्ध गराइएको छ । जहाँबाट कर्पोरेट व्यवसाय र व्यक्तिगत सेवा लिन सकिन्छ ।

इन्टरनेट बैंकिङ्ग सेवाबाट बैंकको विवरणहरु ब्यालेन्स बुझ्न, स्टेटमेन्ट निकाल्न, टप–अप, वालेट लोड र अन्य युटिलिटी पेमेन्ट, पेमेन्ट सेडुल गर्न र फन्ड ट्रान्सफरलगायतका सेवाहरू लिन सकिन्छ ।

कर्पोरेट आई टच

एनआईसी एसिया बैंकले ल्याएको कर्पोरेट इन्टरनेट बैंकिङ्ग (आई टच कर्पोरेट) ले कर्पोरेट हाउस, फर्म, कम्पनीहरू तथा ट्रस्टहरूलाई इन्टरनेट बैंकिङ्ग सेवाउपलब्ध गराइरहेको छ । कर्पोरेट इन्टरनेट बैंकिङ्गमा निम्न प्रकारका सेवाहरू रहेका छन् ।

ट्रान्जेक्सन स्वीकृत म्याट्रिक्स

कर्पोरेट इन्टरनेट बैंकिङ्गमा ट्रान्जेक्नस स्वीकृत गर्ने म्याट्रिक्स सिस्टम एक महत्त्वपूर्ण फिचर हो । यसबाट दुई तहको सुरक्षा परीक्षणपछि कम्पनीले कुनै पनि भुक्तानी गर्न सक्छ ।

जस्तै, कम्पनीको एक कर्मचारीले पेमेन्टको लागि अनुरोध पठाउन र कम्पनीको दोस्रो व्यक्तिले त्यो स्वीकृति गर्ने अधिकार हुन्छ ।

युजर म्यानेजमेन्ट सिस्टम

यस फिचरमा ग्राहक (कर्पोरेट कम्पनीहरू) को आग्रहमा बैंकले एड्मिनिस्ट्रेटरहरुको तहगत आइडी बनाउन सक्छ । यसरी बनाइएका एड्मिनिस्ट्रेटरहरुले कम्पनीको नियम अनुसार भुक्तानीको क्रममा विभिन्न भूमिका खेल्न सक्छन् । जस्तै पहिलो युजरले अकाउन्ट १ हेर्न र स्टेटमेन्ट डाउनलोड गर्न मिल्छ । युजर २ र ३ ले अकाउन्ट १, अकाउन्ट २, अकाउन्ट ३ हेर्न र स्टेटमेन्ट डाउनलोड गर्न मिल्छ र युजर ३ ले अकाउन्ट ४ बाट ट्रान्जेक्सनको लागि पठाउन सक्छ ।

पेमेन्ट सिस्टम

पेमेन्ट सिस्टम मार्फत तलब भुक्तानी र भेन्डरको बिल पेमेन्ट गर्न सकिने गरी ‘स्यालरी एण्ड भेन्डरस् पेमेन्ट’ अप्सन राखिएको छ । यहाँबाट कर्पोरेट कम्पनीहरुले सजिलैसँग आफ्नो कर्मचारीको तलब भुक्तानी र भेन्डरको बिल पेमेन्ट गर्न सक्छन् ।

अन्तर बैंक भुक्तानी

इन्टरनेट कर्पोरेट बैंकिङ्गमा रहेको अर्को फिचर रहेको छ । ‘इन्टर बैंक पेमेन्ट सिस्टम’ । यस सिस्टममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), आइपीएस र कनेक्ट आइपीएसको अन्तर बैंक पेमेन्ट र फन्ड ट्रान्सफर सेवा उपलब्ध गराइन्छ ।

यस वेबसाइटबाट व्यक्तिगत ग्राहकले आफ्ना विभिन्न खाता खोल्नेदेखि, कार्ड र अन्य धेरै काम गर्न सक्छन् भने व्यवसायमा संलग्न ग्राहकको लागि पनि विभिन्न प्लेटफर्म उपलब्ध गराएको छ ।

डिजिटल युनिभर्स

डिजिटल युनिभर्स माशाखा र एटिएमको जानकारी, सूचनाहरू, समाचार, ब्याजदर, कार्डहरू, क्युआर पेमेन्ट, रेमिट्यान्स, कियोस्, सीडीएम, भिडियो केवाईसी जस्ता दर्जनौँ सेवाहरू वेबसाइटमा लिन सकिन्छ ।

वेबसाइटबाट बैंकले उपलब्ध गराएका विभिन्न खाताहरु अनलाइनबाटै खोल्न सक्नुहुन्छ । जसको लागि‘ओपन एन अकाउन्ट’ भन्ने अप्सन राखिएको छ । साथै, विभिन्न कार्डहरूको बारेमा थाहा पाउन र कार्ड अप्लाइ गर्न पनि सकिन्छ ।

बैंकका अनुसार ‘कस्टुमर सर्भिस’बाट ग्राहक सम्बन्धित विभिन्न सेवाहरू चेक लिन वा बन्द गर्न, ब्यालेन्स सर्टिफिकेट लिन, अकाउन्ट ब्लग गर्न, स्किम ट्रान्सफर गर्न, लकर सुविधा लिनेदेखि प्यान कार्ड अपलोड गर्न सकिन्छ ।

त्यसैगरी, मोबाइल बैंकिङ्ग भन्ने अप्सनबाट नयाँ रजिष्ट्रेसन, पिन रिसेट, अनलक मोबाइल बैंकिङ्ग ब्लक मोबाइल बैंकिङ्ग सुविधाहरू रहेका छन् । शेयर सर्भिसबाट डिम्याट खाता खोल्न, मेरो शेयर र सीआरएन अनुरोध गर्न र शेयर अप्लाइगर्न सकिने सुविधा रहेको छ । ‘इजीटुपे’ अप्सनबाट टपअप, विजुली ‘ब्लु बुक’ नवीकरण, स्कुल तथा कलेजको शुल्क भुक्तानी लगायतका बिल भुक्तानीहरू गर्न सकिन्छ ।

अर्को एक अप्सन ‘मर्चेन्ट’ व्यवसायिक संस्थाको लागि हो । जसले एनआईसी एसिया बैंकको विभिन्न अनलाइन च्यानल प्रयोग गरेर आफ्ना ग्राहकको लागि सेवा सुविधा दिन चाहन्छ । जस्तै क्युआर, पोइन्ट अफ सेल, डिस्काउन्ट टाइअप, कार्ड पेमेन्ट गेटवे, क्विक पे जस्ता सेवाहरू यहाँबाट लिन सकिन्छ । त्यस्तै, कार्ड सम्बन्धी विभिन्न सेवाहरू कार्ड सर्भिस भन्ने अप्सनबाट लिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *