नेपाल ‘ए’ ले दियो २१४ रनको लक्ष्य, आरिफले बनाए ९३ रन – Nepal Press

नेपाल ‘ए’ ले दियो २१४ रनको लक्ष्य, आरिफले बनाए ९३ रन

काठमाडौं । तेस्रो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई २१४ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो ।

नेपालका लागी आरिफ शेखले सर्वाधिक ९३ रन जोडे । आरिफ ४८ बलमा ७ चौका र ६ छक्का गर्दै ९३ रनमा अविजित रहे । रसिद खानले २९, कमलसिंह ऐरीले १९, बसिर अहमदले १९, पवन सराफले १३ रन बनाए ।

नेपाल यसअघि दुवै खेलमा पराजित भएको छ । पहिलो खेल २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर