कहाँ हराए मधेशका ३१० वटा सहकारी ? – Nepal Press

कहाँ हराए मधेशका ३१० वटा सहकारी ?

काठमाडौं । मधेश प्रदेशका चार जिल्लाका ३१० सहकारी सम्पर्कविहीन भएका छन् । मधेशका धनुषा, महोत्तरी, सिरहा र सप्तरीका ३१० सहकारी बेपत्ता भएका हुन् ।

हालसम्म यी संस्थाहरु कार्यालयको सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आवद्ध नभएको र आवद्ध भएकाहरुले पनि प्रतिवेदन पेश नगरेको तथा पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

सम्पर्कविहीन सहकारीहरुमा सबैभन्दा बढी सिरहा जिल्लाका १२१ वटा छन् । त्यस्तै सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ वटा सहकारी छन् ।

यी सहकारीहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनिएको छ । सो समयमा सम्पर्कमा नआए कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयका अधिकृत सुनिल थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *