चितवनमा नेकपा एसका नगर सचिवालय सदस्यसहितका नेता कार्यकर्ता एमाले प्रवेश
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका १९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगरसहित १९ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले पूर्वजनप्रतिनिधि थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीमबहादुर थापामगर, सरस्वती बुढाथोकी, टंकप्रसाद सुवेदी, जनबहादुर दराई, रमेश कुमाल, सीताराम महतो (पुसना), नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा, प्रकाश कुमाल, शान्ति चौधरी, शुष्मा श्रेष्ठलगायत १९ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले पार्टीमा स्वागत गरेका हुन् । वडा कमिटी अध्यक्ष लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेता सूर्य शर्मा लामिछानेले प्रशिक्षण दिएका थिए ।