कर्णालीमा भोलिदेखि युवा सम्मेलन – Nepal Press

कर्णालीमा भोलिदेखि युवा सम्मेलन

सुर्खेत । कर्णाली राजधानी वीरेन्द्रनगरमा वीरेन्द्रनगरमा तेस्रो युवा सम्मेलन हुने भएको छ । नेपाल युवा परिषद र समाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो ।

उक्त सम्मेलन बिहिबार (भोलि) देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मूल नाराका’ कर्णालीमा सम्मेलनमा हुन् लागेको आयाृजकको भनाइ छ ।

सम्मेलनमा साँस्कृतिक साँझ, प्रदेशको प्रादेशिक कार्ययोजना र विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यानल छलफल हुने नेपाल युवा परिषदका राष्ट्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

सम्मेलनका सहभागी भएका २ सय ५ जना युवाहरुले आफ्नो कला –सँस्कृति झल्कने पोषाक, स्थानीय स्तरमा पाईने रैथाने तथा जात जातिय खानाका परिकार र रैथाने बिउबिजन सहित सहभागिता रहने अध्यक्ष बानियाँले बताए ।

युवाहरुलाई विभिन्न तहबाट नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यले कार्यक्रको आयोजना गरेको उनको भनाई छ ।

७ प्रदेश र ७७ जिल्लामा स्थापित भएको संस्थाले सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पञ्चपुरी नगरपालिकाका प्रमुख, बराहताल गाउँपालिकाका प्रमुखको सहभागीता रहने कर्णाली प्रदेशका सयोजक रमेश कठायतले जानकारी दिए ।

यस्तै सम्मेलनमा रााष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी, रैथाने संरक्षण अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल, होमस्टे महासंघका महासचिव कृष्ण चौधरी लगायतका सहभागी रहनेछ ।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णालीका २ सय पाँच जना युवाहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *