उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्छु : प्रदेश प्रमुख मियाँ – Nepal Press

उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्छु : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले व्यापारीहरूको समस्या बुझ्दै समस्या समाधान गर्ने बताएका हुन् ।

‘उद्योगी व्यवसायीहरूलाई सहजता हुनुपर्छ’, प्रदेश प्रमुख मियाँले भने, ‘अहिले तपाइहरूको समस्या सुने ती समस्या समाधान गर्न पहल गर्छु ।’

प्रदेश प्रमुख मियाँलाई व्यवसायीहरूले आर्थिक सङ्कटका कारण सबै भन्दा धेरै प्रभाव उद्योग व्यवसायमा परेको बताएका थिए । उनीहरूले खुल्ला सीमा नाकाका कारण विभिन्न समस्या उत्पन्न भएको भन्दै सीमा सुरक्षामा पनि पहल गर्न आग्रह गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुवरले प्रदेश प्रमुखलाई स्वागत गर्दै प्रदेशको समृद्धि र विकासमा आफूहरूले पनि भूमिका खेलिरहेको बताए । उनले सरकार उद्योगी व्यवसायीहरूको समस्याबारे गम्भीर हुन आवश्यक रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *