रात्रिकालिन यातायात सञ्चालन गर्दा ३ गुणा धेरै भाडा माग गरे व्यवसायीले, यी ९ वटा रुटमा चलाउन सुझाव – Nepal Press

रात्रिकालिन यातायात सञ्चालन गर्दा ३ गुणा धेरै भाडा माग गरे व्यवसायीले, यी ९ वटा रुटमा चलाउन सुझाव

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरवारमार्गका व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिरहेको छ । बिहीबार काठमाडौं जिल्ला प्रशासनले यातायात व्यवसायीसँग काठमाडौंमा कसरी रात्रिकालिन यातायात चलाउन सकिन्छ भनेर छलफल गरेको छ ।

छलफलमा बस व्यवसायी र ट्याक्सी व्यवसायीको सहभागिता रहेको थियो । व्यवसायीहरुले अहिलेको भाडाभन्दा रात्रिकालिन व्यवसायमा ३ गुणा वृद्धि गर्न माग गरेका छन् भने, अनुदानमा आएका साझा यातायातको बस सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । व्यवसायीले ठमेल र दरवारमार्गमा मात्रै नभएर काठमाडौंका ९ वटा रुटमा रात्रिकालिन यातायात सञ्चालन गर्न पर्ने सुझाव दिएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचि भरत नेपालले आज रात्रिकालिन सब र ट्याक्सी सञ्चालनका विषयमा काठमाडौं जिल्ला प्रशासनसँग छलफल भएको बताए ।

उनले भने, ‘हामीले यात्रिकालिन यातायात सञ्चालनको लागि अहिलेको भाडाभन्दा ३ गुणा वृद्धि गर्न भनेका छौं । अहिले १० रुपैयाँ भाडाभएको ठाउँमा ३० रुपैयाँ भनेको हो । अनुदानमा आएका साझाका सब सञ्चालन गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौं । भने, काठमाडौंका विभिन्न ९ वटा रुटमा रात्रिकालिन बस सञ्चालन गर्न पर्छ भनेर भनेका छौं ।’

वैशाख १ गतेदेखि यात्रिकालिन २४ सै घण्टा सञ्चालन हुने र त्यही दिनदेखि यात्रिकालिन सब सञ्चालनका लागि छलफल सुरु भएको हो ।
वैशाख १ गतेबाट बस चलाउन पर्ने कुरा जिल्ला प्रशासनले भनेको नेपालले बताए ।

सरकारले रात्रिकालिन व्यवसायसँगै वैशाख १ गतेबाट ठमेल र दरवारमार्गको व्यवसायहरु २४ सै घण्टा खुलाउने तयारी गरिरहेको छ । यातायात व्यवसायी, पर्यटन व्यवसायी र प्रहरीसँग जिल्ला प्रशासनले छलफल गरिरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर