कुन विद्यालयमा कति विद्यार्थी र शिक्षक छन् भन्ने कुरा सर्वसाधारणले अनलाइनबाटै हेर्न सक्छन् : मन्त्री श्रेष्ठ – Nepal Press

कुन विद्यालयमा कति विद्यार्थी र शिक्षक छन् भन्ने कुरा सर्वसाधारणले अनलाइनबाटै हेर्न सक्छन् : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले अनलाइनमार्फत सर्वसाधारणहरूले कुन विद्यालयमा कति विद्यार्थी र शिक्षक छन् भनेर हेर्न मिल्ने बताएकी छन् ।

शुक्रवार मन्त्री सुमना श्रेष्ठले हरेक प्रदेशको पालिका तहका विद्यालयमा कति विद्यार्थी र शिक्षक रहेको कुरा अनलाइनमार्फत सबैले हेर्न मिल्ने व्यवस्था मिलाइएको बताएकी हुन् ।

श्रेष्ठले भनिन्- ‘कुन प्रादेशिक तहको कुन पालिकाको कुन विद्यालयमा कति विद्यार्थी छन् ? कति शिक्षक छन् सबैको तथ्याङ्क सबैले हेर्न पाउने गरी अनलाइनमार्फत राखिएको छ । यसबाट कुन विद्यालयमा कति विद्यार्थी, कुन कुन तहमा र शिक्षक संख्या कति छ भनेर आम सर्वसाधारण सबैले हेर्न सक्नेछन् ।

यसअघि पालिका तहमा उपलब्ध रहेको तथ्याङ्क अब सीएसभी फर्मेटमा स्कुल लेबलमा डेटा एनलाइस अर्थात डेटामा भएका कमी कमजोरीहरु छुट्टाउनका लागि अनुसन्धानकर्ता देखि जोकसैले गर्न सक्ने छन् । सबै सर्वसाधारणका लागि खुल्ला गरिएको छ । किनभने, डेटाहरु जति पब्लिकमा जान्छ त्यति मानिसहरूले विशेषण गर्न पाउँछन् । भने, त्यसमा भएका ग्यापहरू पत्ता लगाउन सकिन्छ ।

‘यसको प्रक्रिया हरेक विद्यालयमा रहेका प्रधानाध्यापकले उक्त तथ्याङ्क अपलोड गर्नुहुन्छ र पालिकामा रहेका शिक्षा अधिकृतले ‘ओके’ गर्नुहुन्छ र त्यसपछि सिस्टममा आउँछ । यो तथ्याङ्क एकदमै महत्त्वपूर्ण रहेको छ । किनभने, यसै डाटाका आधारमा कति छात्रवृत्ति कति जनालाई जने कुरा यसैले निर्धारण गर्नेछ । यसमा खाजाको खर्च जति पनि जान्छ यसैले हेर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *