भारतीय स्टेट टीमसँग नेपाल पराजित – Nepal Press

भारतीय स्टेट टीमसँग नेपाल पराजित

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल भारतीय स्टेट टीम बरोडासँग पराजित भएको छ ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा ११९ रनमा समेटिएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि जित निकाल्न सकेनन् । बलिङमा बरोडाका ध्रुव पटेलले ४ विकेट र लक्षित तोक्सियाले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ बनाएको थियो ।

बरोडाका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका करण केसी र गुल्सन झाले २-२, आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट लिए ।

तीन खेलमा जित निकालेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर