फ्रेण्डसिप कपको उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल
नेपाल प्रेस
२०८० चैत २५ गते ७:५०
काठमाडौं। भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दैछ ।
खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।
शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भयो।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर