प्रधानमन्त्री विरोधी प्रदर्शनमा कार जोताउँदा इजरायलमा पाँच घाइते (भिडिओ) – Nepal Press

प्रधानमन्त्री विरोधी प्रदर्शनमा कार जोताउँदा इजरायलमा पाँच घाइते (भिडिओ)

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोधमा भएको प्रदर्शनमा एक कार जोताउँदा इजरायलमा पाँच जना घाइते भएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार प्रहरीले कार चालकलाई रोक्न भन्दाभन्दै जबरजस्त भिडमा कार जोतिइएको हो ।

कारमा यात्रु बस्ने ठाउँमा बसेकी एक महिलाले प्रदर्शनकारीसँग वादविवाद गरेको भिडिओ सार्वजनिक भएको छ ।

शनिवार साँझ उक्त घटना इजरायलको राजधानी तेल अभिभको नामिर रोडमा भएको थियो । घटनाको धेरैले निन्दा गरेका छन् । निन्दा गर्नेमा इजरायली राष्ट्रपति आइज्याक हर्जोग पनि छन् ।

हर्जोगले भनेका छन्, ‘हिंसा एक रातो लाइन हो जो कहिल्यै पार गर्नु हुँदैन ।’

प्रधानमन्त्री नेतान्याहुको राजीनामा तथा हमासले बन्धक बनाएकाहरूलाई रिहाइको माग गर्दै प्रदर्शनीहरू भइरहेका छन् ।

गत अक्टोबर ७ मा भएको हमास हमला भन्दा अगाडि पनि नेतान्याहुको राजीनामा माग गरेर इजरायलमा प्रदर्शनीहरू हुँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर