गण्डकी प्रदेश
खगराजलाई दीपक मनाङेको पनि समर्थन, मुख्यमन्त्रीमा गठबन्धनले दाबी पेस गर्दै
नेपाल प्रेस
२०८० चैत २५ गते ११:००
पोखरा । गण्डकी प्रदेशमा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागिएको हो ।
मनाङे पनि अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका २२, माओवादीको ८ र दिपक मनाङेको समर्थनसहित अधिकारीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर