सीएचटीसीका उत्कृष्ट चिनियाँ भ्यान नेपाल भित्र्याउन मेगा बिजनेस ग्रुपसँग सम्झौता – Nepal Press

सीएचटीसीका उत्कृष्ट चिनियाँ भ्यान नेपाल भित्र्याउन मेगा बिजनेस ग्रुपसँग सम्झौता

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सीट क्षमताका विद्युतीय भ्यानहरूको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । अप्रिलको अन्त्यतिर यी उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउण्ड क्लिएरेन्स , सुविधाजनक कम्पनीजडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषता छन् । यी भ्यानमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ । कम्पनीका अनुसार नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा यो सुविधा छैन । ११ सीट क्षमताको भ्यानमा बुट स्पेस पनि रहेको छ ।

चीन सरकारद्वारा सञ्चालित सीएचटीसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीमध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा चर्चित नाम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर