यसरी भएको थियो राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीमाथि आक्रमण, धार्मिक पहिरनमा प्रदर्शनकारी (भिडिओ)
काठमाडौं । काठमाडौंको भद्रकालीमा शनिबार प्रहरीमाथि प्रदर्शनकारीले आक्रमण गरेपछि स्थितिले उग्र रूप लिएको पाइएको छ । काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान रामसिंह बोहराको नाकको हड्डी भाँचिएको बताए ।
‘उहाँलाई आईसीयूमा राख्नुपरेको थियो’, एसपी अधिकारीले भने ।
राजेन्द्र महतोको नेतृत्वमा ‘बहुल राष्ट्र घोषणा गर’लगायतका माग राखेर विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित समूह बसन्तपुरबाट प्रदर्शन गर्दै अगाडि बढेको थियो ।
‘निषेधित क्षेत्र नतोडी शान्तिपूर्ण प्रदर्शन गर्ने भन्नुभएको थियो । तर, भद्रकाली आइपुगेपछि उहाँहरू सिंहदरबारतिर प्रवेश गर्न खोजे । त्यसपछि रोक्न खोज्दा एक्कासि आक्रमणमा उत्रिनुभयो । हाम्रै साथीहरू गम्भीर घाइते भएपछि केही बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो’, एसपी अधिकारीले भने ।
उनले प्रदर्शनकारीमा बाैद्ध समुदाय पनि भएकोले स्थिति नियन्त्रणमा लिने क्रममा भएको बल प्रयोगलाई दुष्प्रचार गरिएको गुनासो गरे ।
‘त्यहाँ बल प्रयोग गर्नुपर्ने अवस्था थियो । किनभने उहाँहरू उग्र भएर हाम्रा प्रहरी साथीहरूमाथि निर्मम आक्रमण गरिरहनु भएको थियो’, एसपी अधिकारीले भने ।
प्रदर्शनकारीका नाममा भाडाका टट्टुहरू प्रयोग भएजस्तो छ । त्यसैले यिनलाई ठोक्नु पर्ने अवस्था आयो होला । विवादित छैन ठोकेको । मान्छे २०० पनि थिएनन । चर्चामा आउन महतोले पुलिलाई आक्रमण गर्न लगायो ।
राजेन्द्र महतो बिहारी डाका लाई बिहार फर्काऊ सरकार धमिलो पानि मा माछा मार्न खोज्ने भारतीय दलाल देश छोड