के चर्चित डली-कि-टप्री चाइवाला ‘विन्डोज १२’ का ब्रान्ड एम्बास्डर बन्न लागेका हुन् ? – Nepal Press

के चर्चित डली-कि-टप्री चाइवाला ‘विन्डोज १२’ का ब्रान्ड एम्बास्डर बन्न लागेका हुन् ?

काठमाडौं । ‘डली कि टप्री नगपुर’ नामक भारतीय चाइवाला ‘विन्डोज १२’ का ब्रान्ड–एम्बास्डर बन्ने चर्चा भइरहेको छ । पछिल्लो सामाजिक सञ्जालमा भइरल भएका भारतीय डली-कि-टप्री चाईवाला ‘विन्डोज १२’ का ब्राण्ड-एम्बास्डर बन्ने हल्ला सामाजिक सञ्जालहरुमा व्यापक रुपमा बढेको हो ।

चर्चीत धनाड्य व्यक्ति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स भारतीय डली कि टप्री चाइवालाले बनाएको चाइ(चियाँ) पिउँन भारत आएपछि विन्डोज १२ को ब्रान्ड एम्बास्डर बन्ने चर्चा बढेको हो ।

गत फेब्रुअरीमा २८ मा बिल गेट्स भारत आएर डली कि टप्री चाइवालासँग चियाँ पिएको भिडियो अपलोड गरेका थिए । त्यसपछि डलीको चर्चा अन्तर्राष्ट्रिय मिडिया तथा सामाजिक सञ्जालमा बढेको थियो । आफ्नो इन्स्टाग्राममा पोष्ट गरेको उक्त डलीको हातको चियाँ भिडियोमा बिल गेट्सको अकाउन्टमा अहिलेसम्मकै बढी लाइक्स र भ्युज पगेको छ । अहिलेसम्म उनले पोष्ट गर्ने भिडियोमा भ्युज अधिक्तम ४० मिलियन मात्रै थियो भने, डली कि टप्री चाइवालासँगको भिडियोमा १४४ मिलियन भन्दा बढी भ्युज र ९.९ मिलियन लाइक्स पगिसकेको छ ।

बिल गेट्सको भारत भ्रमणपछि डलीलाई अब लन्च हुने विन्डोज १२ को एम्बास्डर बनाइने हल्ला सामाजिक सञ्जालमा बढेपछि मिडियाहरुमा पनि चर्चा सुरु भएको छ । भारतीय ‘एक्सपेक्टेसन फिक्सर’, ‘टाइम्स नाव’, ‘द डीटीबल’, ‘मोबाइल इन्फोटीप्स’ लगायतका मिडियाहरुले विन्डोज १२ को एम्बास्डर डली कि टप्री चायवाला बन्न लागेको कुरा उठाएका छन् । यसका साथै अहिले सबैभन्दा बढी इन्स्टाग्रा रिल्सहरुमा यहि कुराको चर्चा बढीरहेको छ ।

बिल गेट्सले डलीसँग भेटेपछि अथवा भेट्नुभन्दा अगाडी विन्डोज १२ को एम्बारस्डर बन्ने विषयमा केहि बोलेका छैनन् । साथै माइक्रोसफ्टले पनि यस विषयमा आधिकारीक भारणा व्यक्त गरेको छैन् । यसका साथै डली कि टप्री चाइवालाले पनि यस विषयमा केहि बोलेका छैनन् ।

सामाजिक सञ्जालमा पहिलेदेखि नै आफ्नो युनिक चियाँ बनाउने तरीकाबाट भइरल भएका डली अहिले अन्तर्राष्ट्रिय टुरमा व्यस्त छन् । दुबईमा घुमेसँगै डलीलाई माल्दीभ्सको पर्यटन प्रवर्दनका लागि निम्ता गरिएको छ । उनि अहिले अन्तर्राष्ट्रिय टुरमा घुमिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर