सेन्टर मावि तुलसीपुरका शिक्षक, कर्मचारीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने – Nepal Press

सेन्टर मावि तुलसीपुरका शिक्षक, कर्मचारीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने

दाङ । सेन्टर मावि तुलसीपुरले व्यवस्थापन समिति, शिक्षक र कर्मचारीका छोराछोरीलाई सोही विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

व्यवस्थापन समितिको बैठकले व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ त्यसै गरी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले माविसम्म अनिवार्य सोही विद्यालयमा पढाउनुपर्ने बाध्यकारी नियम बनाएको छ ।

व्यवस्थापन समितिका सदस्य सुरेश रावतका अनुसार यस्तो निर्णय गर्नुअघि सबै शिक्षक र कर्मचारीलाई छोराछोरी आफैँ कार्यरत विद्यालयमा पढाउने लिखित प्रतिबद्धता समेत गराइएको छ ।

आफूले सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई निजी विद्यालयमा पढाउँदा शिक्षकको क्षमतामा प्रश्न उठ्ने भएकाले त्यसलाई रोकेर सरकारी विद्यालयप्रति सर्वसाधारणलाई आकर्षण गर्न यस्तो निर्णय गरिएको प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

सेन्टर माविमा कार्यरत अधिकांश शिक्षक र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । आगामी शैक्षिक सत्रदेखि छोराछोरी आफ्नै विद्यालयमा नपढाएमा शिक्षकलाई अन्यत्र सरुवा गरिने र कर्मचारीलाई सेवाबाट बिदा गरिने सदस्य रावतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर