पाँच वर्षभन्दा बढी नविकरण नगराउनेको हातहतियार सिरहा प्रशासनले जफत गर्ने – Nepal Press

पाँच वर्षभन्दा बढी नविकरण नगराउनेको हातहतियार सिरहा प्रशासनले जफत गर्ने

जनकपुरधाम । पाँच वर्षभन्दा बढी नविकरण नगरी म्याद गुजार्नेहरुको हातहतियार जिल्ला प्रशासन कार्यालय सिरहाले जफत गर्ने भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले ५ वर्षभन्दा बढी नविकरण नगरेका व्यक्तिलाई हातहतियार ईजाजतपत्रसहित बुझाउन सूचना जारी गरेका हुन् । गृहमन्त्रालयको निर्देशन बमोजिम सूचना जारी गरेको उनले उल्लेख गरेका छन् ।

हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरुले नियमानुसार नविकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति/संस्थाले नविकरण गराएको अभिलेखमा नदेखिएको सूचनामा उल्लेख छ ।

यस्तै नविकरणको म्याद नगुज्रेको हकमा ३५ दिनभित्र हातहतियारको नविकरण गराउन भनिएको छ । सूचनाको बरखिलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *