राप्रपाको प्रदर्शनका कारण काठमाडौंको सवारी अस्तव्यस्त
नेपाल प्रेस
२०८० चैत २७ गते १४:२०
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानी केन्द्रित जनप्रदर्शनका कारण ट्राफिक व्यवस्थापन प्रभावित बनेको हो ।
रत्नपार्क, माइतीघर, त्रिपुरेश्वरलगायतका क्षेत्रमा सवारीसाधनको चाप बढेको छ ।
प्रहरीले तीनकुने, महाराजगञ्ज, त्रिपुरेश्वरलगायतका क्षेत्रबाट ठूला सवारीसाधन डाइभर्ट गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर