नेहपाको अध्यक्षमा राई निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा) को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यसैगरी महासचिवमा प्रविणकुमार बास्तोला चयन भएका छन् । अध्यक्ष राई नेपाली कागजका विभिन्न सामग्री र जडिबुटीका सुगन्धित तेललगायतका सामग्री निर्यात गर्दै आएको हिमालयन बायो ट्रेड प्रा.लिका प्रबन्ध निर्देशक हुन् ।
संघको नयाँ कार्य समितिमा हिमालय हर्ब्स की लैकु लामा वरिष्ठ उपाध्यक्ष, अन्नपूर्ण एरोमा कम्पनी प्रालिका प्रसुन सत्याल प्रथम उपाध्यक्ष, कन्हैया स्टोर्सका नवराज शर्मा द्धितीय उपाध्यक्ष, जयकाली जुडिबुटीका शोभाकान्त बस्याल सचिव र खाम्पा ट्रेड एण्ड सप्लायर्सका सकलसिंह रोकाया कोषाध्यक्ष रहेका छन् ।
त्यसैगरी मिनाकुमारी लामा, डा. डिबी सुनार, सञ्जीव पाण्डे, बसन्त पण्डित, राधा दाहाल, गंगा वाग्ले दाहाल, बिन्ती गुरुङ, निखिल खण्डेलवाला, फर्सुराम आचार्य सदस्यमा चयन भएका थिए । संघको निवर्तमान अध्यक्ष प्रेमराज तिवारी छन् ।
यस अघि संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारी र पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले उद्योगमैंत्री कानून निर्माण गरी लगानीको वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरेका थिए ।