काठमाडौंका ५ ठाउँबाट करिब २ सय ग्राम ब्राउन सुगरसहित ७ जना पक्राउ – Nepal Press

काठमाडौंका ५ ठाउँबाट करिब २ सय ग्राम ब्राउन सुगरसहित ७ जना पक्राउ

काठमाडौं। लागू औषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँबाट करिब २ सय ग्राम ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार मोरङको उर्लाबारीका ३४ वर्षीय नवीन धिताल १४ ग्रामसहित काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ परेका छन्।

सप्तरीको राजविराजका ७२ वर्षीय प्रमानन्द मेहता र काठमाडौंको बुढानीलकण्ठका ३६ वर्षीय विकाश कार्कीलाई ७२ ग्रामसहित ललितपुरको महालक्ष्मी-४ बाट नियन्त्रणमा लिइएको छ।

यस्तै भारतीय नागरिक २८ वर्षीय विकाश कुमार काठमाडौं महानगरपालिका-१६ बाट साढे १५ ग्रामसहित पक्राउ परेको ब्युरोले जनाएको छ।

सुनसरीको धरानका २६ वर्षीय सञ्जय लिम्बु र मोरङको विराटनगरका ३० वर्षीय विकाश मण्डललाई २४ ग्राम ८ सय ५० मिलिग्रामसहित काठमाडौंको चाबहिलबाट नियन्त्रणमा लिइएको छ।

यस्तै काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट साढे ६८ ग्राम ब्राउन सुगरसहित सिराहाको मिर्चैयाका २३ वर्षीय धिरजकुमार शाह पक्राउ परेको ब्युरोको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *