कोशी सरकारको सिफारिस अस्वीकार, प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आव्हान
विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । एक चौथाइ बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।
यसअघि प्रदेश सरकारले डेढ महिनापछि २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि त्यसलाई छल्न मुख्यमन्त्री केदार कार्कीले हतारहतार जेठ ११ गतेलाई बैठक बोलाउन सिफारिस गरेका थिए ।
प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरूको चैत २६ गतेको लिखित अनुरोधमा वैशाख ६ गते बिहीबार दिनको १:०० बजेका लागि प्रदेशसभाको अधिवेशन आव्हान गरेको प्रदेश प्रमुखको कार्याले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर एमाले र नेकपा माओवादी केन्द्रका ५३ सांसदले एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरिसकेका छन् ।