माइकल चेकव पद्धतिमा नाट्य कार्यशाला सम्पन्न (तस्बिरहरु) – Nepal Press

माइकल चेकव पद्धतिमा नाट्य कार्यशाला सम्पन्न (तस्बिरहरु)

काठमाडौं । रंगकर्मी र प्रशिक्षकहरूलाई लक्षित गरी माइकल चेकव पद्धतिमा कार्यशाला समापन भएको छ । कार्यशालामा कौसी थिएटर, मन्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रङ्गकर्मीहरु सहभागी थिए ।

रसियन हाउस कमलपोखरीको सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म भएको यस कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र स्कुल थिएटर नेपाल पनि जोडिएका थिए । यसपटकको कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिका लगायतबाट २५ जना रङ्गकर्मीहरु सहभागी भएको रंगकर्मी टंक चौलागाईंले बताए ।

कार्यशालामा प्रशिक्षकको रूपमा माइकल चेकव एकेडेमीका निर्देशक योर्ग आन्द्रेसले प्रशिक्षण दिएका थिए । माइकल चेकवले रसियाबाट निर्वासित भएर युरोप हुँदै अमेरिकामा आफ्नो पद्धति फैलाएका थिए । अहिले ओस्कर विजेता धेरै कलाकारले यस पद्धतिमा काम गर्ने गरेका छन ।

पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापित गराउन लागि परेको निर्देशक टंक चौलागाईंले बताए । गत वर्ष यहि पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *