प्रदीप नेपाल अस्पताल भर्ना
नेपाल प्रेस
२०८१ वैशाख १ गते ८:०५
काठमाडौं । एमाले नेता एवं साहित्यकार प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि नेपाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
हिजो भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा उनी सहभागी भएका थिए । अचानक बिरामी भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले बतायो ।
हाल स्वास्थ्य सामान्य रहेको र चिकित्सकीय अब्जरभेसनमा राखिएको बताइएको छ । पूर्वमन्त्रीसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर