सामुदायिक पुस्तकालय अभियान र एन्टोनियाको सम्झना
कुनै मानिस संसारमै निकै फरक र अद्भूत हुन्छ सायदै, जसले आफ्नो परिवार, देश र नागरिक भुलेर संसारमा विभिन्न आर्थिक, सामाजिक र शैक्षिक समस्या भएका गरिब मुलुकका मानिसहरुका लागि बरदान बन्छ । यस्तै मध्येकी एक हुन् अमेरिकी नागरिक डा.एन्टोनिया न्युवर, जसले नेपाल, भूटान र भारतमा सामुदायिक पुस्तकालय विकास र प्रवर्द्धनका लागि ठूलो योगदान पुर्याइन् ।
सन् १९९१ देखि नेपालमा सामुदायिक पुस्तकालय स्थापना, विकास र प्रवर्द्धन सुरु भयो । शहरमा नभई दूरदराज गाउँहरुमा पुस्तकालयले समुदायलाई सेवा गर्दै आएको छ । यी पुस्तकालयहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संस्थाको रुपमा चलिरहेका छन् । पुस्तकालयको आफ्नै जमिन तथा भवन हुन्छ । भवन पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, श्रव्यदृश्य कक्ष, युवा कक्ष, सूचना सञ्चार तथा प्राविधिक कक्ष र तालिम हलसहितको हुन्छ । हरेक कक्षमा सोहीअनुसारको अध्ययन गर्ने, सिक्ने र सूचना प्राप्त गर्ने सामग्री हुन्छन् । पुस्तकालयमा आएर गाउँका सबै मानिसले समान पहुँचका साथ सेवा लिने गर्छन् ।
पुस्तकालयमा गाउँका मानिसहरु आएर सेवा लिनेमात्र होइन टोलटोलमा सरकारी सेवासम्बन्धी, कृषि, पशुपालन, विपद् जोखिम न्यूनीकरण, देशमै रोजगारी तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना पनि पाउँछन् । सचेतनामूलक अभिमुखीकरण गर्ने, नेतृत्व विकास, सीपमूलक तालिम प्रदान गर्ने, स्थानीय मौलिक संस्कृति, प्रविधि तथा सामाजिक सहिष्णुताको प्रवर्द्धन गर्ने कार्य पुस्तकालयहरुले गर्दै आएकाछन् । यी सबै कार्यका लागि पुस्तकालयहरुको स्थानीय सरकार तथा विभिन्न सम्बन्धित संघसंस्थाहरुसँग बलियो समन्वय तथा साझेदारी रहन्छ ।
यसरी नेपाली गाउँमा सेवा प्रदान गर्दै आएको सामुदायिक पुस्तकालयको सुरुवात कसरी भयो भन्ने कुरा हामीले थाहा पाउनैपर्छ । नेपालमा सामुदायिक पुस्तकालय स्थापना, विकास र प्रवर्द्धनकाे थालनी गर्ने व्यक्तित्व स्व. डा. एण्टोनिया न्युवर हुन् । उनको जन्म सन् १९४३ नोभेम्बर २२ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । सन् १९८४ देखि उनी नेपालमा आउने जाने गर्थिन् ।
नेपालमा सामुदायिक पुस्तकालय स्थापना, विकास र प्रवर्द्धनकाे थालनी गर्ने व्यक्तित्व स्व. डा. एण्टोनिया न्युवर हुन् । उनको जन्म सन् १९४३ नोभेम्बर २२ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । सन् १९८४ देखि उनी नेपालमा आउने जाने गर्थिन् ।
उनले शैक्षिक प्रशासनमा विद्यावारिधि गरेकी थिइन् । भ्रमणमा निकै उत्साहित हुने टोनी हरेक वर्ष नेपाल आउने गर्थिन् । यसरी भ्रमण गर्ने क्रममा सन् १९९१ मा सोलुखुम्बुको जुनवेसी गाउँको भ्रमणको समयमा उनलाई गाइडको रुपमा दोमी शेर्पाले निरन्तर सहयोग गरेका थिए । यो निरन्तर सहयोग गर्ने शेर्पालाई एन्टोनियाले भनिन्, ‘तपाईंले मलाई निरन्तर सहयोग गर्नुभयो, मलाई पनि केही सहयोग गर्न मन छ ।’
शेर्पाले भने, ‘मलाई सहयोग गर्नेभन्दा पनि यो जुनवेशी गाउँमा एउटा घर बनाएर किताब राखौं । गाउँले, पर्यटक अनि हामी जस्ता मानिसका लागि पढ्ने ठाउँ हुन्छ ।’
त्यसो त टोनीको मनमा राम्रो लाग्यो पुस्तकालय खोल्ने कुरा । यसका लागि एन्टोनियाले सन् १९९१ मा ग्रामीण शिक्षा तथा विकास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्थापना गरिन् । यही वर्ष जुनवेशी गाउँमा जुनवेशी सामुदायिक पुस्तकालय स्थापना गर्ने कार्य भयो । यसरी नेपालबाट सुरु भएको शिक्षा क्षेत्रमा पुस्तकालय विकास तथा प्रवर्द्र्धनको अभियान हाल भारत तथा भुटानमा पनि रहेको छ । नेपालमा ४३ वटा जिल्लामा ७० वटा पुस्तकालय स्थापना भइसकेको छ । समुदायका लाखौं मानिसले पढ्ने, सूचना तथा ज्ञान प्राप्त गरिरहेका छन् ।
एन्टोनिया मिथ्स एण्ड माउन्टेन नामक ट्रेकिङ कम्पनीको संस्थापक अध्यक्ष पनि हुन् । उनले सन् २००६ मा अमेरिकामा रिड ग्लोबलको कार्यालय पनि स्थापना गरिन् । उनले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार पाएकी थिइन् । नेपालमा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले सन् २००९ नोभेम्बर २ मा नेपाल पर्यटन बोर्डले सम्मान गरेको थियो । सन् २०२० जुलाई ८ मा डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले नेपालमा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा उल्लेखनीय योगदान गरेका ले डा. डिल्लीरमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो । ग्रामीण शिक्षा तथा विकास (रिड) संस्थाले नेपालको ग्रामीण भूभागमा पुस्तकालयमार्फत शिक्षामा योगदान पुर्याएकाले सन् २००६ मा १० लाख डलरको Access to Learning पुरस्कार प्राप्त गरेको थियो ।
नेपालमा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले सन् २००९ नोभेम्बर २ मा नेपाल पर्यटन बोर्डले सम्मान गरेको थियो । सन् २०२० जुलाई ८ मा डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले नेपालमा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा उल्लेखनीय योगदान गरेका ले डा. डिल्लीरमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो ।
उनको जीवन यात्रा, उमेर यात्रा र नेपाल यात्रा निरन्तर थियो । उनको स्वास्थ्य कमजोर थियो । तर पनि नेपाल यात्रा भनेपछि धेरै खुसी हुन्थिन् । सन् २०२३ अप्रिल ८ मा ७९ वर्षको दौरानमा नेपाल आइन् । उनी आफ्नो परिवारसहित आएकी थिइन् । गोरखा र चितवन जिल्ला भ्रमणपश्चात सोलुखुम्बुको जुनवेशी यात्रा गर्ने योजना थियो । तर, उनको स्वास्थ्य अवस्था निकै कमजोर भयो र उनी अमेरिका फर्कने क्रममा सन् २०२३ अप्रिल १६ मा दुबईमा उनको निधन भयो ।
उनको सपनाको सार्थकता
सन् २०२४ अप्रिल १६ अर्थात् आज उनको वार्षिकी हो । उनको निधनपश्चात अर्थात आगामी दिनमा उनले गर्दै आएको पुस्तकालय विकास प्रवर्द्धन जस्तो महान कार्य, यो अद्भूत अभियानलाई कसले र कसरी दिगो रुपमा लैजाने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण छ । एन्टोनियाले स्थापना गरेको रिड संस्थाले पुस्तकालय विकास र प्रवर्द्धनमा कार्य गर्दै आएको ३२ वर्ष भइसकेको छ । पक्कै पनि रिड ग्लोबल र रिड नेपालले एन्टोनिया नरहे पनि उनको परिवारसँग निरन्तर समन्वय र सहकार्य गनुपर्छ र गर्नेछ । रिड भारत र रिड भुटानले पनि समन्वय र सहकार्य गर्नेछन् । सामुदायिक पुस्तकालयहरुले पनि निरन्तरता दिनुपर्छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार पनि पुस्तकालय र शिक्षा क्षेत्रको विकासमा निरन्तर नयाँ तरिकाका साथ अगाडि बढ्नुपर्छ ।
६ हजार जनसंख्यालाई कम्तीमा एउटा पुस्तकालय हुनुपर्छ भन्ने कुरा हेर्दा नेपालको भौगोलिक अवस्थाका कारण सूचना, ज्ञान र सीप प्राप्त गर्न समुदाय-समुदायमा पुस्तकालय आवश्यक पर्छ । करिब ३ करोड जनसंख्यालाई सेवा पुर्याउन पुस्तकालयहरुको अभाव छ । युवा विदेश पलायन रोक्न शिक्षाको महत्व बढाउनुपर्छ ।
नेपाल अझै पनि गरिब मुलुकको रुपमा रहेको छ । शिक्षा क्षेत्रमा विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षाको गुणस्तर झनपछि झन खस्किरहेको विभिन्न नतिजाबाट पुष्टि हुन्छ । ६ हजार जनसंख्यालाई कम्तीमा एउटा पुस्तकालय हुनुपर्छ भन्ने कुरा हेर्दा नेपालको भौगोलिक अवस्थाका कारण सूचना, ज्ञान र सीप प्राप्त गर्न समुदाय-समुदायमा पुस्तकालय आवश्यक पर्छ । करिब ३ करोड जनसंख्यालाई सेवा पुर्याउन पुस्तकालयहरुको अभाव छ । युवा विदेश पलायन रोक्न शिक्षाको महत्व बढाउनुपर्छ । पठन संस्कृतिको विकास र सोहीबमोजिम व्यवसायिक तथा सीपमूलक शिक्षा आवश्यक छ । सन् २०२२ मा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र शान्ति भोलेन्टियर एसोसियसनले पुस्तकालयहरुको सर्वेक्षण गरेका थिए । देशभर ९२८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहे पनि सेवा प्रदानमा सक्रिय करिब २२७ पुस्तकालय देखिन्छन् ।
रिड ग्लोबल र रिड नेपाल ले डा. एन्टोनियाको वार्षिकीको दिन पारी प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं ८ को लुप्लुङ गाउँमा लुप्लुङ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको निर्माण अभियान सुरु गर्दैछ । यसअभियानमा संघ, प्रदेश र स्थानीय सरकार, नेपाली दाजुभाइ तथा दिदीबहिनी, दातृ निकायका सा थै डा. एन्टोनियाको परिवार मिलेर अगाडि बढ्ने नै छौं । लुप्लुङमा बन्ने पुस्तकालय ७२औं पुस्तकालय हुनेछ । पुस्तकालयले प्रत्यक्ष अप्रत्क्ष रुपमा समुदाय, पालिका तथा जिल्लालाई सेवा प्रदान गर्नेछ । डा. एन्टोनियाको सपनालाई साकार पार्न हामी निरन्तर लाग्नुपर्छ । उनीप्रति हार्दिक श्रद्धा सुमन !