सारीमा सल्केको आगोले छोरीको ज्यान गयो, आमा गम्भीर घाइते
नेपाल प्रेस
२०७८ वैशाख ७ गते १२:४३
रूपन्देही । दाङमा एक बर्षिया बालिकाको आगोमा जलेर मृत्यु भएको छ।
जिल्लाको राप्ती गाउँपालिका- ५ कालापानी निवासी पुनाम सुनारकी १ बर्षिया छोरी विना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ।
हिजो सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किदा आमा र बालिका जलेर घाइते भएका थिए ।
लमही अस्पतालमा उपचारको क्रममा आज बिहान बालिकाको मृत्यु भएको हो । ४४ वर्षकी आमा पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर