प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि लामिछाने पनि मिसिए
नेपाल प्रेस
२०८१ वैशाख ६ गते १८:०४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन् ।
अहिले सिंहदरबारमा प्रचण्ड, ओली र लामिछानेबीच छलफल चलिरहेको छ । गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनबित्तिकै सिंहदरबारमा पुगेका थिए ।
गठबन्धनमा असन्तुष्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेका थिए ।
प्रतिक्रिया
One thought on “प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि लामिछाने पनि मिसिए”
Leave a Reply
सम्बन्धित खवर
समाचारमा उल्लेख भए अनुसार माधव नेपालले अर्को गठबन्धन गठन गर्ने कुरा कत्तिको सत्यता होला ? फेरि ओलि र प्रचण्डको हेपाहा शैलिको किन समाचार बन्दैन ?