टिपरको ठक्करबाट हेटौंडामा एकको मृत्यु
हेटौंडा। टिपरले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एकजना पुरुषको मृत्यु भएको छ ।
हेटौंडा-१० बसपार्कमा भएको दुर्घटनामा हेटौडा ११ थानाभर्याङका ५५ वर्षका भीमबहादुर विडारीको मृत्यु भएको हो ।
हेटौंडाको कर्रातर्फ बाट बसपार्क तर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ३५११ नं को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२-०३-००१ ख ६८५४ नं। टिफरले ठक्कर दिँदा स्कुटर चालक बिडारी घाइते भएका थिए ।
उनलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि चितवन लगिएको उनको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।