काठमाडाैं महानगरका ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ
काठमाडौं । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३) महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।
उनीहरुमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं। ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिएकी थिइन् ।
७४७ (वडा नं। ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ ।
बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।