जापानी संस्थाको सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा सामुदायिक भवन निर्माण
काठमाडौं । सिन्धुपाल्चोकको इन्दावति गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ ।
जापानी नागरिकहरूको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सामुदायिक भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि लाल्टीन फाउन्डेसनले जमिन उपलब्ध गराएको थियो ।
पालिकामा रहेको १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था‘ज्याफ्स’ ले भवन निर्माण गरेको लाल्टीन फाउण्डेशनका अध्यक्ष तथा स्थानीय पत्रकार समेत रहेका प्रेस काउन्सिलका पूर्व सदस्य सुदर्शन आचार्यले जानकारी दिए ।
उक्त भवनमा फाउण्डेशनले रेडियो संचालन तथा सिन्धुको समग्र जातजाती संग्रहालयका लागि प्रयोग गरिने उनले बताए ।
करिब एक करोडको लागतमा निर्माण भएको उक्त भवनको जापानी राजदूत कीकुता यूताले उद्घाटन गरेका थिए ।