पत्रकारविरुद्ध सर्वोच्चका उपरजिष्ट्रारमार्फत मानहानीको मुद्दा, फौजदारी कसूरमा कारबाही माग
काठमाडौं । सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनालगायतका फौजदारी कसूरमा अनुसन्धान गर्न सर्वोच्च अदालतकै उपरजिष्ट्रारले प्रतिवेदन पेश गर्दै इजलासबाट आदेश माग गरेका छन् । । उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकमा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।
उक्त माध्यमले अदालतको फैसलासँग सम्बन्धित एउटा गोप्य डिलको भनिएको अडिओ सार्वजनिक गरि केही मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो । समाचारको विषयलाई लिएर अदालतबाटै यस्तो मुद्दा दायर भएको सम्भवतः यो पहिलो हो ।
न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतलाई एक विवादास्पद अडियो प्रकरणमा जोडेपछि सर्वोच्च अदालत प्रशासनले अवहेलना कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । अडियो अनुसन्धान गरी प्रचलित फौजदारी कसुरमा पनि कारबाहीको दायरामा ल्याउन अन्य निकायलाई समेत आदेशको माग गरिएको छ।
उक्त मुद्दाको पेशी भोलि (सोमवार)का लागि तोकिएको छ ।
सत्यतथ्य छानबिन गरि दोषीउपर हदै सम्मको कारवाही होस्। हावा नचली पात हल्लिदैंन। नेपाल आमाको सच्चा सपूतलाई सलाम छ।