इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, फाकफोकथुमको वडा ५ ले ८ सयको मतान्तर
नेपाल प्रेस
२०८१ वैशाख १६ गते २०:०१
काठमाडौं । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ ।
हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन् ।
नेम्वाङ ७८० मतले अघि रहेका छन् ।
त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ६९६ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४३४ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर