पशुपतिको विद्युत शवदाहमा साउन १ गतेदेखि शुल्क नलाग्ने – Nepal Press

पशुपतिको विद्युत शवदाहमा साउन १ गतेदेखि शुल्क नलाग्ने

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाहमा आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए ।

डा. थापाले सेतो सत्तल गुहेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि भएको बताए ।

‘धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो । सेतो सत्तल गुहेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *