सेलवेजले अत्याधुनिक भवनमा सञ्चालनमा ल्यायो नयाँ शाखा सञ्चालनमा – Nepal Press

सेलवेजले अत्याधुनिक भवनमा सञ्चालनमा ल्यायो नयाँ शाखा सञ्चालनमा

काठमाडौं । विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रूपमा सञ्चालित सेलवेज ग्रुप अन्तर्गत ब्राण्डमा सञ्चालन रहेको छ ।

हाल ३२ वटा शाखा मार्फत व्यापार र व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

सन् २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २ हजारलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ । सेल्सवेरीले महाराजगन्ज काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सहित वैशाखदेखि भव्य सुरुवात गर्न लागेको छ ।

अत्याधुनिक भवनमा ४ तल्ला मध्ये बेसमेन्टमा पार्किङ रहने छ । भुईँ तल्लादेखि छैटौँ तल्लासम्म डिपार्टमेण्टल स्टोर सञ्चालनमा आएको छ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरू रहनेछ ।

नवौँ, दशौँ तथा एघारौँ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरूको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन हुनेछ ।

बाह्रौँ तल्लामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन र कफी लाउन्ज रहने छ । उक्त भवनको तेह्रौँ तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ ।

आजबाट काठमाडौंको कालीमाटी ट्रेड सेन्टरमा सञ्चालन तयारी भएको छ ।

साथै, कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरू सञ्चालन गर्ने तयारी गरेको छ । मध्यम तथा ठूलो स्तरको १०९१५ वटासम्म शाखा सञ्चालन विस्तार गर्ने लक्ष्य लिएको मार्टले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर