ईसेवाको समस्या समाधान
नेपाल प्रेस
२०८१ वैशाख २४ गते १५:५७
काठमाडौं । विद्युतीय भुक्तनी सेवा प्रदायक कम्पनी ईसेवाको कारोबारमा आएको समस्या समाधान गरिएको छ । सोमबार दिउँसोदेखि ईसेवामा आएको प्राविधिक समस्या अहिले समाधान भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्राविधिक टोलीबाट समस्या समाधान गरिसकेको जनाएको छ ।
ग्राहकमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर