राष्ट्रपतिले युरोप भ्रमण रद्द गर्दा ५५ लाखको टिकट खेर गयो, अर्थद्वारा रकमान्तर गरेर भुक्तानी – Nepal Press

राष्ट्रपतिले युरोप भ्रमण रद्द गर्दा ५५ लाखको टिकट खेर गयो, अर्थद्वारा रकमान्तर गरेर भुक्तानी

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले अर्थ मन्त्रालयले सो रकम भुक्तानी गर्नुपरेको हो ।

राष्ट्रपति पौडेलले एक प्रतिनिधिमण्डल लिएर फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी गरेका थिए । २०८० कात्तिक २२ देखि १० दिन युरोप घुम्ने उनको निर्धारित कार्यक्रम थियो । त्यसका लागि टिकटसमेत बुक भइसकेको थियो । तर, गत कात्तिक १७ गते जाजरकोटमा भूकम्प गएपछि राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए ।

भ्रमण कार्यक्रम रद्द भए पनि टिकटको पैसा भने रिफन्ड नहुने भएकाले अर्थ मन्त्रालयले ५५ लाख २२ हजार भुक्तानी गरेको हो । बजेटबाट रकमान्तर गरेर यो भुक्तानी गरेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर