गृहमन्त्री लामिछानेको प्रश्न: जीबी राईलाई भगाउँदा अघिल्लो सरकारमा को थियो ? – Nepal Press

गृहमन्त्री लामिछानेको प्रश्न: जीबी राईलाई भगाउँदा अघिल्लो सरकारमा को थियो ?

काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।

चितवनमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले जीबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

जीबी राई किन पक्राउ पर्न सकेनन् भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर यत्रो समस्या आउँदाआउँदै भगाएको किन ? भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएका हुनाले हरसम्भव कोशिश भइरहेको छ । केही प्रक्रिया पूरा गर्नुपर्छ। हामी निरन्तर कोशिशमा छौँ।’

राई भाग्दा सरकारमा को थियो भन्दै लामिछानेले प्रतिप्रश्न गर्दै उनले राईलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेकाे बताए ।   लामिछानेले भने, “ राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।” उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी राई फरार भएका छन्। उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ ।

गृहमन्त्री लामिछानेले फरक प्रसंगमा बोल्दै संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताए। ‘सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्छ । ’ उनले भने,‘ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन । ”

आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए ।

प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उनले बताबताए । उनले प्रश्न गर्दै भने, “बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो । अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । ”

गृहमन्त्री लामिछानेले आजै कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गरे । त्यस क्रममा उनले कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर