मुख्यमन्त्री कँडेलले बोलाए जेठ ४ गते सर्वदलीय बैठक
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्। कर्णालीको समग्र विकास र समृद्विमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन् ।
समृद्वि र विकास सबैको साझा सरोकारको विषय भएकाले एक्ला एक्लै हिडनु भन्दा सबै राजनितिक दलहरूबीचको साझा सहमति खोज्ने उदेश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कँडेलले बताए ।
उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ। कर्णाली प्रदेश सरकारले जेठ महिनामा नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने नीतिगत व्यवस्था छ।